नियम १५
पीडित प्रभाव प्रतिवेदनको ढाँचा
(१) ऐनको दफा २५ बमोजिम अभियोजन गर्ने अधिकारी समक्ष पीडित प्रभाव प्रतिवेदन पठाउँदा अनुसूची-१४ बमोजिमको ढाँचामा पठाउनु पर्नेछ।

(२) ऐन. तथा यस नियम बमोजिम पीडित प्रभाव प्रतिवेदन पेश गर्दा सम्भव भएसम्म कसूरका सम्बन्धमा सम्बन्धित _ प्रहरी कार्यालयको प्रतिवेदन, सम्बन्धित स्थानीय तहको सिफारिसपत्र, चिकित्सकको प्रतिवेदन लगायत पीडितलाई परेको प्रभाव पुष्टि हुने अन्य कागजात समेत संलग्न गर्नु पर्नेछ। (३) उपनियम (२) को प्रयोजनको लागि पीडितले सम्बन्धित निकायमा कुनै कागजात माग गरेमा त्यस्तो कागजात उपलब्ध गराउनु पर्नेछ।

(४) ऐनको दफा २५ को उपदफा (५) बमोजिम पीडित प्रभाव प्रतिवेदन अभियोजन गर्ने अधिकारीले अदालतमा पेश भएको जानकारी पीडितलाई दिनु पर्नेछ।